मकवानपुरमा समपन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
मकवानपुरमा सम्पन्न स्थानीय तहको निर्वाचनको हेटौडा उपमहानरको मतगणना केही सुस्त भएको छ।
आज बिहान ८ बजेदेखी मतगणना सुरु भएको हो।
बिहानदेखी नै आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु पर्खाइमा बसेका छन् । मेयर पदको मतपरिणामलाई हेर्दा त्रिपक्षिय भिडन्त महास्ङ्ग्राम देखिएको छ।।
हालसम्म भएको २५ सय १८मत गणनामा गठवन्धनको तर्फबाट मेयर पदको उम्मेद्वार नेकपा एसको मिना कुमारी लामाले ७ सय ५४ मत प्राप्त गरेकी छन।
एमालेका तर्फबाट अनन्त प्रसाद पौडेलले ७५३ मत प्राप्त गरेका छन् ।
इन्ट्री मारेका उम्मेद्वार राप्रपा तर्फबाट दिपकबहादुर सिंहले ६९१ मत प्राप्त गरेका छन् ।
हेटौँडाको उपमहानगर १,२, १८ र १९ को मतगणना भैरहेको छ।
उपमेयरमा गठवन्धनबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँले १ हजार १ सय ५ मत प्राप्त गरेका छन।
एमाले बाट सुमित्रा काफ्लेले ९ सय ७ मत प्राप्त गरेकी छन । उपमेयरमा राप्रपा बाट इन्दीरा न्यौपानेले १सय ५८ मत पाएकी छन।























प्रतिक्रिया दिनुहोस्