बैशाख ३० अर्थात शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ । निर्वाचन आयोगले मतदातालाई परिचयपत्र वितरण समेत गरिसकेको छ ।  आयोगले मतदातालाई सहज मतदान हुने व्यवस्था गरिएको जनाएको छ ।

यसैक्रममा हेटौंडा २ स्थित मतदान स्थल पल्पसा बुथमा सञ्चारकर्मीलाई तस्विर र भिडियो खिच्न प्रहरीले रोक लगाएको छ ।

उक्त स्थानमा तस्विर र भिडियो खिच्नका लागी निर्वाचन आयोगको पास आवाश्यक रहेको खटिएका प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुखले यस बिषयमा समन्वय गरि सहज बनाइएको बताएका छन् ।

यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ  सुरक्षा व्यवस्थामा खटिनेहरुलाई मकवानपुरमा सञ्चारकर्मीलाइ  सहज गराउन भनिएको र पत्रकार परिचयपत्रका आधारमा मतदाताहरुको लाइनको तस्विर खिच्न रोक नलगाइएको बताउछन् ।

निर्वाचन आयोगले दिएको पास नभएमा भिडियो र तस्विर खिच्नै नपाईने  खटिएका प्रहरी भन्छन् ।

साथमा रहेको संचारगृहको परिचयपत्र देखाए पनि समाचार संकलनमा कुनै कठिनाई भएमा सहजका लागि समन्वय गरिने पत्रकार महासंघले जनाएको अवस्था रहेको पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मनिराज गौतमले बताए ।
निर्वाचनमा बुथ भन्दा वरबाट लाइनवद्ध तस्विर खिच्न पाइने गरि आयोग प्रशासन र प्रहरीसंग अनुमति पाइएको बताए पनि सहज भएको छैन ।

प्रहरी प्रमुख र मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठलाई टेलीफोन सम्पर्क गरेर जानकारी गराएपनि करिब १ घण्टा सम्म पखर्दापनि सहज नहुनु  र समाचार संकलका लागी भिडियो र तस्विर खिच्न पत्रकारलाई सहज बनाउन नसक्नु कसको कमजोरी ?