बैसाख ३० गते अर्थात भोली शुक्रवार हुन गइरहेको निर्वाचनका लागि तयारी पुरा हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतदातालाई परिचयपत्र वितरण समेत गरिरहेको छ ।
मतदाता र परिचयपत्र हराएको निवेदनका आधारमा र नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाईपनि बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गएिको हो ।
शुक्रबार हुने निर्वाचनमा कसैको डर, त्रास नमानी निर्धक्कका साथ मतदान गर्न आयोगले आग्रह गरेको छ ।
मतदानकालागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यसैक्रममा बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल ले मताधिकार भन्नु नेपाली जनताको लोकतन्त्रको आधार अनि मेरुदण्ड भएको बताएका छन् ।
संविधानले नेपाली जनतालाई दिएको अधिकार अनि उत्सव भएकाले निश्पक्ष स्वच्छ र विश्वसनिय बनाइनु पर्ने बताए ।

 

बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल के भन्नु हुन्छ त ?