बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु ९बम० राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।
बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर ९टीडीओ० बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु ९बम० राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो । पाकिस्तानी अज्ञात नम्बरबाट यस्तो थ्रेट कल आएपछि विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेको थियो ।
सो हल्ला चलेपछि विमानस्थलको यात्रु प्रतीक्षालय तथा टर्मिनलमा रहेका यात्रुबीच भागदौड नै चलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गराएअनुसार त्यतिबेला अज्ञात व्यक्तिले कल गर्दा ‘अस्सलाम वालेकुम’ दुईपटक भनेर नेपालीमै बोलेको थियो ।
सो समय आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु ९बम० राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि विमान चढ्ने तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर निकालेर ‘सर्च’ गरिएको थियो । केही समय थ्रेट कलमा भनिएजस्तो शंकास्पद वस्तु फेला नपरेपछि सवा ११ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो ।
विमानस्थल कार्यालयका अनुसार सो विमानस्थलमा बिहान ९ देखि १० बजेको बीचमा दुईपटक यस्तो कल आएको थियो । सो कलमा अज्ञात पुरुष व्यक्तिको आवाज सुनिएको थियो । थ्रेट कलबाट अज्ञात व्यक्तिले विमानस्थलमा ६÷७ वटा बम राखिएको र २ घन्टामा पड्कने बताएको थियो । सो कल आएलगत्तै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर निकालेको थियो ।
सो थ्रेट कलको जानकारी पाएलगत्तै विमानस्थलमा बम डिस्पोल टोली खटाएर अनुसन्धान गरिएको थियो । विमानस्थलका सुरक्षाकर्मीलगायत बम डिस्पोजल टोलीले पुरै विमानस्थल सर्च गर्दा बम फेला नपरेकाले अहिले यस्तो थ्रेट कल’दयगत अनुसन्धान भइरहेको उनले बताए ।
थ्रेट कल आएपछि विहान १० बजेपछि नै आन्तरिक उडान रोकिएको थियो । अज्ञात नम्बरबाट आएको सो थ्रेटकलका कारण झन्डै १ घन्टासम्म बन्द रहेको सो विमानस्थलको आन्तरिक उडान सवा ११ बजेपछि पुनः सञ्चालनमा आएको थियो ।
विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले पनि करिब सवा ११ बजेपछि रोकिएको आन्तरिक उडान सुचारु गरिएको जानकारी दिए । उनले यस्तो थ्रेटकल’दयगत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको बताए ।
ठाकुरका अनुसार विमानस्थलबाट खबर आएपछि बम डिस्पोजल टोली खटिएको थियो । सो समय नेपाली सेनाले पनि तालिमप्राप्त कुकुरसहितको टोली खटाएको थियो । बम डिस्पोजल टोलीलाई स्ट्यान्डबाई राखेर तालिम प्राप्त कुकुरसहितको टोलीले खोजी गर्दा त्यस्तो केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ ।
अहिलेसम्मको अनुसन्धानमा सो कल नेपालभित्रबाटै आएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सो थ्रेटकल कुनै एपको प्रयोगबाट गरिएको हुन सक्ने बताएको छ । अझै अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीले फोन गर्ने व्यक्तिको खोजी गरिरहेको बताएको छ ।
यो समाचार राजधानिबाट साभार गरिएको हो














प्रतिक्रिया दिनुहोस्