स्थानीय तहको निर्वाचन एकदमै नजिकिँदै गर्दा बिभिन्नराजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
आफ्ना योजना सुनाउदै उम्मेलवारमा आफूनै योग्य भएको भन्दै अघि सरी रहेका छन् भने पदको दावी समेत गरिरहेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसबाट माधव न्यौपानेले हेटौंडा वडा नम्बर २को वडाध्यक्षमा दावी गरेका छन् ।
हेटौंडा ४ को आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयबाट प्रवेशिका परिक्षापछि काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक गरिसकेपछि हेटौंडाको दैनिक हेटौंडा सन्देशको जिम्मेवारी सम्हालेका न्यौपानले निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा दावी गरेका हुन्।
हेटौंडा २ मानसचोकका न्यौपानेले बिभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै अनुभवले जनताको पिडालाई नजिकबाट हेरेका कारण समस्या समाधान गर्नकालागि अध्यक्ष पदको दावी रहेको बताए ।
२ नम्बर वडामा बसोबास रहेको र नागरिकलाई पर्ने समस्यामा आफु अघि सरेर काम गरिरहेको अनुभवले कांग्रेसको तर्फबाट हेटौंडा–२ को वडाध्यक्ष पदको लागि दाबी पेश गरेको बताएका छन् ।
२०२९ सालमा मकवानपुरको नामटारमा जन्मिएका न्यौपाने कक्षा २ देखि आधुनिक राष्ट्रिय माविमा स्कुले जिवन पछि २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसमा आवद्ध भएका थिए ।
नेपाल तरुण दलको नगर कोषाध्यक्ष, नेपाल प्रेस युनियनको कोषाध्यक्ष लगायका पदमा रहेर काम गरेका न्यौपानेले सधै जनताको सोच अनुसार काम गर्ने र वडामा भएको हरेक समस्या समाधान गर्ने तर्फ केन्द्रित रहने बताएका छन् ।
न्यौपाने भन्छन् “म ज्यानको परवाह नगरी समामाजिक सेवामा खटिने गरेको व्यक्ती हुँ । स्कुले जीवनदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहें । मकवानपुर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष भएर राजनीतितर्फ होमिर काम गरेँ । लायन्स क्लब, गैसस महासंघ देखि जिल्लामा बिभिन्न संघ संस्थामा नेतृत्व गरेर सामाजिक सेवामै रहें । कोभिड– १९ को पहिलो लहरले नेपालमा पनि सतायो । अनि लकडाउनको समयमा समेत जनताको सहयोगको लागि नै खटिएकै हो । पाटीका नेताहरु र वडा बसीहरुले नै पनि तिमी अब प्रत्यक्ष राजनीतिमा आउनु पर्छ भनेकै कारण २ नम्बर वडाध्यक्षको दावी गरेको हुँ । यसअघिको निर्वाचनमा पनि दावी थियो । अग्रज ब्यक्तिको लागि म व्याक हटें । यसपाली मैले उम्मेदवारको टिकट पाउनेमा ढुक्क छु । वडामा पर्ने समस्या सुधार गरि स्वास्थ्य, शिक्षमा सहज बनाई बिकासको कार्यमा पहल गरि जनताको मनोभावाना अनुसार काम गर्ने योजना सहित उम्मेदवारीको दावी रहेको हो ।मलाई वडाबासीले साथ दिनेमा पनि ढुक्क छु ।”























प्रतिक्रिया दिनुहोस्