हेटौंडा । नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले आउदै गरेको स्थानिय तहको निर्वाचनमा ध्यान दिनुपर्ने समयमा बिवाहलाई विषय बनाउनु आवाश्यक नरहेको बताएका छन् ।
आज हेटौंडामा भएको कांग्रेस हेटौंडा उपमहानगरको नगर भेलामा पार्टीको लागि लामो समयदेखि काम गरिरहेका सभापति लामाले बिवाह गर्नुपर्ने भनिएको विषयमा यस्तो बताएका हुन् ।
रातो समाचारसंगको कुराकानी बोल्दै सभापति लामाले नगर भेलामा सभापति अविवाहित रहेको र बिवाहा गर्नुपर्ने भनाइको कुनै अर्थ नरहेको र अहिले मुख्य बिषय निर्वाचनमा जितेर कांग्रेसमय बनाउनु पर्ने बताएका हुन् ।
निर्वाचनमा कांग्रेसलाई बलियो बनाउने र जिताउन लागि पर्ने समयमा बिवाह गर, या नगर यो मुख्य विषय नभएको र निजी विषय तर्फ केन्द्रितले कुनै फाइदा नहुने बताए ।
उनले गठबन्धनका दलहरु संगको छलफल पछि को र काँहा काँहा उम्मेदवार बन्ने भन्ने निष्कर्षकालागि छलफल गरिरहेको बताएका हुन् ।
अहिले चलेको गठबन्धनका लागि कमिटि बनेको अवस्था रहेको र एक चरणको छलफल समेत भइसकेको र फेरी पनि छलफल गरि निष्कर्षमा पुगिने र गठबन्धनकालागि दलहरुले अ आफ्नो तर्फकाट अध्यन गरि २०७४ को निर्वाचनको मत परिणमालाई समेत मध्यनजर गरिकन अगाडी बढ्ने उनको भनाई छ ।
स्थानिय तहको निर्वाचनमा मकवानपुरमा जनताको विश्वासको पार्टी कांग्रेसनै रहेको र हरेक स्थानमा सबै भन्दा बढि निर्वाचित पनि कांग्रेसनै हुने सभापती लामाले दावी गरे ।
उनले भने “यस्तो समयमा सभापतिको बिवाह भन्दै किन समय खर्चिनु ? यो समय निर्वाचित भएर कांग्रेसमय बनाउने समय हो । स्थानीय निर्वाचनमा कांग्रेस जिताउने अभियानमा मिलेर लागौँ ।”

























प्रतिक्रिया दिनुहोस्