नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले स्थानिय तहबाट पार्टीको गतिविधि र अवस्थाबारे सहि र सत्य समाचार सम्प्रेषण गर्नुपर्ने बताएकी छन् ।
आइतबार मनहरीमा भएको गाउँकमिटीको अगुवा कर्याकर्ता राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै मोक्तानले यस्तो बताएकी हुन् ।
पार्टीको जिल्ला, प्रदेश र केन्द्रले मुल्यांकन गरि योजना बनाई चुनावी मैदानमा उत्रिनु पर्ने समयमा पार्टिलाई दिर्घकालिन असर हुने काम नगर्न आग्रह गरिन् ।
बिगतमा गलत मोडलमा गरेको गठबन्धनको परिणाम छर्लङ्ग भएको अवगत गराउदै आवश्यकताको आधारमा नयाँ बैज्ञानिक मोडेलको गठबन्धनमा सहभागी भयो भने मात्र असर नपर्ने बताइन् ।
माओवादी केन्द्र मनहरी गाउँपालिका चुनाबी कमाण्डर वीर बहादुर घलान “ज्वाला” को सभाध्यक्षता पार्टीको केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै जनताको सहि पार्टी माओवादी नै भएको माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी “छिन्तु” ले बताएका छन् ।
आउदै गरेको स्थानिय तहको निवार्चनमा जनता माझ जादा अनुसाशित भएर जानू पर्ने र पार्टीको आचारसहिता विपरीत काम गर्न नहुने बताए ।
कार्यक्रममा पूर्व बिद्यार्थी नेता तथा केन्द्रिय सदस्यद्वय बिजय गौतम, सन्तोष बिष्ट, जेष्ठ कम्युनिष्ट द्वय रामहरी सुबेदी, बुद्धरत्न लामा, पार्टीको जिल्ला समन्वय समिति सदस्य आनन्द घलान, हिराबहादुर स्याङ्गतान, केशब सुबेदी, मनहरी इन्चार्ज रामकुमार पाख्रिन, गाउ कमिटिका ध्रुब खडका लगायतको उपस्थिति रहेको थियो।























प्रतिक्रिया दिनुहोस्