हेटौंडा । नेपाली कांग्रेसले  हेटौंडामा वृहत नगर भेला सम्पन्न गरेको छ ।

‘घर घर जाऔ,कांग्रेस जिताऔ अभियान’ अन्तर्गत सोमबार भेला सम्पन्न गरेको हो।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरको आयोजनामा सम्पन्न कार्यक्रममा अन्य पार्टी परित्याग गरेर दुई दर्जन नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेसीलाई प्रमुख सहमहामन्त्री अतिथि डिना, प्रदेश सभापति बानियाँ र केन्द्रीय प्रतिनिधि लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा मकवानपुर सभापति बुद्ध लामा,उप सभापति आनन्द कठायत,सचिव भिमसेन महत,इश्वर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कांग्रेस हेटौंडा उपमहामनगर सभापति उत्सव इटेनीको सभाध्यक्षता कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा हेटौंडा–१ का सभापति रामकृष्ण महर्जन प्रतिनिधिसभा १ प्रदेश ख का सभापति राजेश बानियाँ,संघिय सभापति दामोदर खनाल,कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुली, बागमती प्रदेश सदस्य तथा मकवानपुर प्रदेश प्रतिनिधि प्रज्वल दवाडी,बागमती प्रदेश सदस्य तथा हेटौंडानगर प्रतिनिधि तारा गुरुङ, कांग्रेस दैलेखका महासमिति सदस्य खगेन्द्र सुनार लगायतको आतिथ्यता रहेको थियो ।