हेटौंडा–८, कमाने स्थित स्मृति टोलमा शुक्रबार साँझ अनिशा राईलाई छुरा प्रहार गरि फरार भएका युवक अझैपनि फेला परेका छैनन् ।
मानव अधिकार सम्बन्धि र मानव बेचबिखन विरुद्धकोलागि सामाजिक कार्यमा व्यस्त रहने राइलाई गएको शुक्रबार सांझहेटौंडा २ का २९ वर्षीय सिर्जन यादवले छुरा प्रहर गरी फरार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राईलाई लाई छुरा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
परिवारले जानकारी दिए अनुसार राईलाई हेटौंडाको चुरे हिल अस्पतालमा उपचारका लागि लगिएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो।
काठमाडौंको ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घाइते परिवार पक्षले यस विषयमा सम्बन्धित निकाय अलि नतात्तिएको र दोषि पक्राउ गर्न नसक्नुले प्रहरीको काम कारवाही फितलो भएको आरोप लगाएका छन् ।
यो संगै हाल एक अनलाइनमा आएको छुरा प्रहार प्रकरणः चार बर्षदेखि प्रेम सम्बन्ध भन्ने समाचारले झनै पिडा थपिएकको बताएका छन् ।समाचार पनि घाइते ठिक भएर आएर बोलेको वा प्रहार गर्ने आरोपी पक्राउ परेर उसले भनेको हुनुपर्नेमा परिवार पक्षसंग समेत नबुझि आफुुखुसी तथ्यहिन समाचार ले पर्ने असर बारेपनि सोचिनुपर्ने बताए ।
यादवले हत्या गर्ने मनासय राखेर बिभत्स तरिकाले छुरा प्रहार गर्ने दोषी काँहा गायब ? दोषीलाई खोजी गरी कानुनी दायरमा तत्काल ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।
बिभिन्न विषयमा न्यायका लागि पहल गर्न आग्रहगर्दै परिवार पक्षले भने “अनिशा जिवन र मृत्युसंग लडिरहेकी छिन् । दोषी खोज्ने कार्यत छदै छ होला तर, पिडकको आफन्तहरु समेत ओझेल परेका छन् । कमसेकम कानुनलाई सहयोग गर्छौ के छ ? भन्ने सम्म हुनुपर्ने त्यो पनि छैन ।हामी हरेक कुराको पखाईमा कहिले सम्म बस्ने? प्रहरी प्रसासन भन्छ आरोपीलाई खोज्दैछौँ ।पिडक पक्षको आफन्त मौन बस्ने सबै मार पिडितलाइनै?कसरी हुन्छ दोषी तत्काल पक्राउ गरि अनिशालाई पिडक पक्षबाट अपचार गराउन पर्यो।”
यसै विषयमा कुरा गर्दै मानव अधिकार सम्बन्धि काम गर्ने अधिकारकर्मीहरुले संयुक्त रुपमा छुरा प्रहार प्रकरणः चार बर्षदेखि प्रेम सम्बन्ध भन्ने समाचारको बिरोध पनि गरेका छन् ।
पिडकलाई कानुनी कार्वाही गराउन र पिडितलाई न्याय दिलाउन पछि नपर्ने बताएका छन् ।
यता घटनाका आरोपी यादवको खोजी तीब्र गतिमा भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग बताउँछन् ।आएको जानकारी अनुसार सबैतिर सुचित गरेर“आरोपीको खोजीमा प्रहरी परिचालन गरिएको र कानुनले दिएको अधिकार प्रयोग गरेर पक्राउ गरिेर छाड्ने उनको भनाई छ ।
एसपी गुरुङ्गले भने “घटनाको दोषीले गरेको अपराधिक कार्यबाट मुक्ती पाउदैन । कारवाही गराउँन नेपाल प्रहरी लागि पर्छ ।”

















प्रतिक्रिया दिनुहोस्