हेटौंडा । आगामी असार १ गतेदेखि सुरु हुने लागेको तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि मकवानपुरमा टोली घोषणा गरिएको छ । एन्फा मकवानपुरको महिला फुटबल टिमका प्रमुख प्रशिक्षक समेत रहेका हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामाले १८ जना महिला फुटबल टोलीको नाम सार्वजानिक गरेका हुन् । सोमबार सार्वजानिक गरिएको महिला टोलीको सूची अनुसार अन्तर्राष्ट्रियस्तरको साफ च्याम्पियनसीप फुटबलमा सहभागी भएकी सजिना स्याङ्तानको कप्तानीमा टोलीको घोषणा गरिएको छ ।

महिला तर्फको फुटबलमा मकवानपुर स्वर्ण पदक जित्ने लक्ष्यसहितको योजना बनाइएको प्रशिक्षक भीम लामाले बताए । प्रदेश खेलकुदको मिति सार्वजानिक भएदेखि महिला टिमलाई त्यस अनुरुपको प्रशिक्षक गराइरहेको छ । महिला फुटबल प्रतियोगिता हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ । फुटबल प्रतियोगितामा मकवानपुरको तर्फबाट टिम म्यानेजरको भूमिक किशन दासले निर्वाह गर्नेछन् ।

मकवानपुरमा कप्तान सजिना स्याङ्तान, खुशी थिङ, मनमाया मोक्तान, प्रिन्सीका वाइबा, गोलरक्षक रितु पण्डित, प्रिन्सीका वाइबा, कृष्मा बोलन,स्वेच्छा गोपाली, संध्या कार्की, लामीन बोम्जन, लक्ष्मी लामा र जलसा घिमिरे रहेकी छिन् । यस्तै, जलसा घिमिरे, सरिता तामाङ, सरिता तामाङ, संस्कृति बानियाँ, सुनाम पाख्रिन, सलिना तामाङ,कोपिला लामा, श्रीजना सिङताङ र सम्वृद्धि लामा रहेका छन् । यस अघि नै प्रदेशले खेलकुद प्रतियोगिता २४ गतेदेखि २७ गतेसम्म गर्ने भनेर नियम तय गरेपनि स्थगित गरेर नयाँ मिति सार्वजानिक गरिएको हो ।

रातो समाचार संवाददाता
थप जानकारी