मकवानपुर जिल्लाको सुदुरपुर्वमा पर्ने बाग्मति गाउँपालिकामा बिकास निर्माणका कामहरु तीब्र गतिमा चलिरहेका छन।
साबिकका राइगाउ, फापरबारी र बेतिनि गा.बि.स.लाई समेटिएको यस गाउँपालिकामा मोटरबाटो, खानेपानी ,विद्युत बिस्तार ,शिक्षा ,स्वास्थ र खेलकुद लगायतको विभिन्न क्षेत्रमा स्थानीय सरकारले ग्रामीण भेगको हिसाबले जिल्लाकै उत्कृष्ट काम गरेको जानकारहरु बताउछन् ।
२०७४ सालको निर्वाचन स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको जनमुक्ति सेना पुर्ब कमान्डर समेत रहेको सर्केश घलान (क.मधु) को उत्साहपुर्ण जित भएसंगै यस क्षेत्रले बिकास र समृद्धिको यात्रा शुरु गरेको स्थानीय बाग्मति गाउँपालिका वासि बताउछन् ।
बाग्मति गाउँपालिका वडा न.१,२,३,४,५,६ का केहि भाग वडा न.८ ,९ को केहि भागमा ग्रबेल सहितको मोटरबाटो बनिसकेको र वडा न.७ पाथीभरामा सडक बिस्तार र ग्रबेल गर्ने कार्य जारी रहेको छ। आफ्नो घरमा पुग्ने मोटर बाटो ग्रबेल भए संगै पाथीभराका स्थानीयले गाउँपालिका अध्यक्ष सर्केश घलानको मुक्तकन्ठले तारिफ गरेका छन।
स्थानीयहरु भन्छन् सर्केश घलानको यो सक्रियता ,योगदान र मेहनतलाई बाग्मति गाउँपालिकाको जनताले राम्रोसँग मुल्यांकन गर्नेछन् ।














प्रतिक्रिया दिनुहोस्