मकवानपुरको बकैया गाउँपालिकाको वित्तीय प्रगति २७ प्रतिशत देखिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको हालसममा चालूु तर्फ ३७ दशमलव ४ र पूँजिगत तर्फ १३ दशमलव ३३ प्रतिशत गरि कुल २७ दशमलव ०५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो ।
चालु आर्थिक वर्षका लागि चालूु तर्फ ४३ करोड ५० लाख ५६ हजार ३ सय र पूँजिगत तर्फ ३२ करोड ७९ लाख ५९ हजार ७ सय रुपैयाँ गरि कुल कुल ७६ करोड ३० लाख १७ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका लेखा अधिकृत हरि मिजारले बताए ।
हालसम्म चालूु तर्फ १६ करोड २७ लाख ६२ हजार ९१५ अर्थात ३७ दशमलव ४ र पूँजीगत तर्फ ४ करोड ३७ लाख १७ हजार २८ अर्थात १३ दशमलव ३३ प्रतिशत खर्च भएको बताए ।
उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वषृका लागि करीब १२ करोड घाटा बजेट बनाएको बताउका हुन् ।
पालिकाद्धारा चालु आर्थिक वर्षकालागि कुल ३५४ वटा योजनाहरु छनोट गरेको मध्ये हालसम्म करीब ४० प्रतिशत योजना सम्झौता भएर कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले बताए ।
उनले योजना तथा कार्यक्रम सञ्चालनमा कोभिड–१९ संक्रमणको प्रभावका कारण पनि अपेक्षित खर्च हुन नसक्दा वित्तीय प्रगति कम देखिएको बताए ।
गाउँपालिकामा सामाजिक क्षेत्रमा धेरै योजनाहरु रहेको र कोभिडका कारण उक्त कार्यक्रमहरु समुदायमा कार्यान्वयन गर्न समस्या भएकाले प्रगति न्युन देखिएको उहाँले बताए ।
उनले बताउ अनुसार आन्तरिक आयबाट सञ्चालन गर्ने योजनाहरुमा स्रोतको अभावमा काम गर्न समस्या रहेको छ ।














प्रतिक्रिया दिनुहोस्