बागमती प्रदेशको राजधानी हेटौंडा १० मा नवनिर्मित स्वास्थ्य सामग्री भन्डारण भवन उद्घाटन भएको छ ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनको बिहीवार उद्घाटन गरेका हुन् ।
अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेद्धारा ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्मित भन्डारण भवन चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
२०८० चैत ४ गतेवाट निर्माण सुरु गरिएको उक्त भवनको निर्माण ३ महिनामा कार्य सम्पन्न भएको जानकारी गराइएको हो ।
हाइटेक डेभलपर्स भरतपुरले कार्य जिम्मेवारी लिइ सम्झौता गरेको ३ महिना २०८१ असारमा नै निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो ।
स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको अध्यक्षता र बागमती प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान रजिस्ट्रार राजेश प्रसाईं, हेटौडा उपमहानगरपालिका १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, स्वास्थ्यक्षेत्र संग आवद्ध व्यक्तीत्व, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्