बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले खेल क्षेत्रका लागि प्रदेशबाट चित्त बुझ्दो बजेट विनियोजन भएको बताएकी छिन् ।

हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा आयोजित मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता खेलको समापन भएसंगै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।

मकवनपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा १०, भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयले समेत सहकार्य गरेको एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको बताइन् ।

फुटबल प्रतियोगिता २०८० को शनिबार फाईनल खेलमा बकैया १२ को बकैया युथ क्लब र हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लबको भिडन्तमा बकैयाले ४ – ० गोल अन्तरले जित हासिल गरेसंगै रातो समाचार संगको कुराकानीमा मन्त्री मोक्तानले नारायणी कलेजले खेलाडी उत्पादनमा टेवा पुग्ने काम गरेको बताईन् ।

उनले खेल प्रतियोगिता, खेलमैदान व्यवस्थामा जोड दिने देखि प्रहिक्षकको समेत व्यवस्था गरिएको बताएकी हुन् ।