मकवनपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा भइरहेको छ ।

हेटौंडा -१० भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयले समेत सहकार्य गरेको हो ।

१२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

शिक्षा संगै खेललाई समेत प्राथमिकतामा राखेर सानो सहयोग पुर्याउन सहकार्य गरिएको प्रिन्सिपल रघुनाथ खरालले बताएका छन् ।
मंसिर २३ गते देखि सूरु भएको खेल मंसिर ३० गते फाइनल खेल संगै समापन हुने छ ।