तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा ३ दिवसीय समाचार लेखन तथा वाचन तालिम सुरु भएको छ ।

मकवानपुरका पत्रकारहरुका लागि आयोजना गरिएको तालिम सोमबारदेखि सुरु भएको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा पत्रकार सम्मेलन गर्दै समाचार लेखाइ र वाचनमा आवाजविहिनहरुको आवाजलाई प्रतिनिधित्व गर्न टेवा पुग्ने र तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि तालिम महत्वपुर्ण हुने बताइएको छ ।

पत्रकारिता गरिरहेको र तामाङ पत्रकार पछि परिरहेको अवस्थामा तामाङ समुदायको समस्यालाई उजागर गर्न तालिमको आयोजन गरिएको जनइएको हो ।
तालिममा संस्थापक अध्यक्ष आदर्श थोकर तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसी, नेपाल जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर राई, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका सचिव किरणमान बल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष नवराज वाईबा लगायतको उपस्थिति रहेको थियो ।

तालिम बुधबार समापन हुने छ ।