“सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने नाराका साथ मनाईने ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ ।
मूल समारोह समिति २०७९को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा सहकारी दिवस मूल समारोह समितिका संयोजक तथा बागमति प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् ।
बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहयोग जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको हो ।
राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, प्रदेश सहकारी बोर्डका प्रमुख पुरुषोत्तम मिश्र, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुमाया लामा, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरी दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक अधिकृत विनिता बिष्ट, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाको प्रमुख ज्योति महत लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकहरुले प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको र आइताबारमानवसेवा आश्रम हेटौंडामा फलफूल तथा खाद्यान्न वितरण गरिने कार्यालय सचिव गोबिन्द दाहालले बताए ।














प्रतिक्रिया दिनुहोस्