मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान , हेटौँडा अस्पतालको सेवा प्रवाह, समस्या समाधानका लागि सक्रिय रहने बताएका छन् ।
मंगलवार अस्पताल पुगेर अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले अस्पतालको आकस्मिक कक्ष, आईसीयू,बहिरंग सेवा, फार्मेसी, टिकट काउण्टर लगायतको अनुगमन गरेपछि बताएका हुन् ।
दिनहु विरामीको अत्याधिक चाप बढिरहेसंगै टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिनदेखि अस्पतालमा उपचारका लागि सेवाग्राहीहरुले भोगेको गुनासो न्युनिकरणमा आफुहरु सक्रिय रहेने बताए ।
सासंद सिंहले अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिकलाई सहज सेवा पाउने व्यवस्था सृजना गर्न अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा. रामचन्द्र सापकोटालाई निर्देशन दिए।
अस्पतालको समस्या समाधान तथा सुधारका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने उनको भनाई छ ।