नेपाली कला जगतका चर्चित अभिनेता पुर्ण बिक्रम शाहा पल कारागार मुक्त भएका छन् ।

नाबालिका माथी बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहर सहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएपछि कारागार मुक्त भएका हुन् ।

पोखराबाट उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएपछि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।

बलात्कार आरोपी शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैदको फैसला सुनाएको हो । उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा शाहले पुनरावेदन दिएका थिए ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो।

शाहले 2078 फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो थुनामा गएको एक वर्षपछि शाह थुनामुक्त भएका हुन् ।

तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो भने शाहविरुद्ध दुईवटा जिल्लामा नाबालिकले बलात्कारको उजुरी दिएकी थिइन् ।

बलात्कारको आरोपमा जाहेरी परेपछि उनले सामाजिक सञ्जाल फेशवुकमा आफ्नो मनमा लागेको कुरा भन्न जादैछु भन्दै आफुमाथी षड्यन्त्र गरिएको सुन्न नसकिने खालको कुराहरु समेत गरेको लेखेका थिए ।

आफुमाथी पूर्वक ढङ्गले प्रहार गरिएको र लगाईएको आरोप सबै षडयन्त्र भएको लेखेका थिए । उनले “सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु । ” भन्दै दावी गरेका थिए ।

आफु दोषी भएमा नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको र नाबालिकलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ, भन्दे लेखका थिए ।

आफु निर्दोष भएको उल्लेख सहित फेशवुक लाइभ गरेर १५ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

शाह जेलबाट रिहा भएपछि समर्थकहरूको ठूलो भिड उनको स्वागतका लागि कारागार बाहिर पुगेर पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरेका थिए ।