बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं –८ स्थित कमाने एकेडेमीको दुई दिने अभिभावक दिवस सुरु भएको छ ।
आइतबार र सोमबार गरी दुई दिन हुने अभिभावक दिवसमा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गर्नेछन् ।
अभिभावक दिवस समारोह प्रिन्सिपल प्रतिभा डंगोलको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।
प्रिन्सिपल प्रतिभा डंगोलबाट प्राप्त जानकारी अनुसार सहभागी हुन आएका अभिभावकसँग विद्यालयले सन्तुष्टीको अवस्थाबारे सर्वेक्षण समेत गरेको र विद्यार्थीलाई सिर्जनशील बनाउन तथा शिक्षकको क्षमता अभिवृद्धि गर्ने हेतुले विद्यालयबाट आवश्यक कार्य गरिएको हो ।
एकेडेमीमा अध्ययनरत विद्यार्थी ५ सय ८० जना छन् भने विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ।

























प्रतिक्रिया दिनुहोस्