हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ को आयोजनामा गरिएको बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा आज माघ २० गते बिहान देखिनै गरएको प्रदर्शनी तथा सांस्कृतिक
कार्यक्रममा दश हजार जनाले अवलोकन गरेका छन् ।

वडाभित्रका विद्यालय र विद्यार्थीबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धा र सिकाइ आदान(प्रदानका लागि शैक्षिक प्रदर्शनीको आयोजना गरिएको बृहत् शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरु आफ्ना प्रस्तुतीकरण प्रदर्शन गरेका थिए ।

शिक्षालाई गुणस्तर सुधारको लागि अब प्रतिस्पर्धातमक बनाउनेगरी कार्यक्रम गरिएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वताए ।

वडा अध्यक्ष सिग्देलले वताए अनुसार वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गरिएको हो ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा गरिएको कार्यक्रममा हेटौंडा ४ भित्रका निजी तथा समुदायिक गरी जम्मा आठ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।