बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा कुष्ठरोग सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरकृया सम्पन्न भएको छ।

“ कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं ” भन्ने मूल नाराका साथ ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा सञ्चारकर्मी तथा सरोकारवालाहरु संग अन्तरक्रिया गरीएको हो ।

स्वस्थ्य निर्देशक महेश्वर श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा  विश्व कुष्ठरोग दिवसका अबसरमा गरिएको अन्तरकृयामा थियो । कार्यक्रम्मा आर्थिक बर्ष २०७८ र ०७९ मा पत्ता लागेका नयाँ विरामी संख्या २ हजार २८५ पुगेको जानकारी गराइएको हो ।

जस अनुसार आ.व. को अन्त्यमा उपचारमा रहेका विरामी संख्या २ हजार ३७३ रहेका छन भने नयाँ विरामी मध्ये १४ वर्षमुनिको विरामी संख्या ७३ जना छन् ।

नयाँ विरामीहरुमध्ये असमर्थताको तह २ भएको जम्मा संख्या १ सय ७० जना नयाँविरामीहरुमध्ये ० देखि १४ वर्षका असमर्थताको तह २ भएको संख्या ४ जना, नयाँ विरामीहरुमध्ये महिला विरामीको संख्या ९८९ जना रहेको बताइएको छ ।

आ.ब. २०७८ र ०७९ मा प्रति १ लाख जनसंख्यामा पत्ता लागेका नयाँ विरामी दर ७.८९ प्रतिशत रहेको जनाईएको हो ।
प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यमा उपचारमा रहेको विरामी प्रकोप दर ०.८१ प्रतिशत रहेको छ । कुष्ठरोगका नयाँ बिरामीको संख्या २,२८५ जना रहेका छन् ।

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी ५८९ सबै भन्दा कम बागमती प्रदेशमा ८३ जना रहेको बताईएको हो ।