मकवानपुरको हेटौंडा उपमहानगर १६ हटियामा एक १२ वर्षको बालकको शव सोमबार झुण्ड्याईएको अवस्थामा फेला परेको छ ।
१२ वर्षीय मुस्कान भन्ने सुजन थिङ रहेको र शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने बिभिन्न व्यक्तीहरुको आशंका छ ।
हटियाको चिसापानी नजिकै सामुदायिक बनमा बालको हात बधिएर झुण्डीएको अवस्थामा शव फेला परेपछि प्रहरीले गहन अनुसन्धान थालेको छ ।
घटनाको सोधपुछका लागी आफन्तै पर्ने २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
स्थानियहरुले देखि बिभिन्न व्यक्तहिरुले कक्षा ३ मा अध्यनरत बालक कसरी रुखमा झुण्डियो भन्ने विषय रहस्यमय भएको बताइरहेका छन् ।
यो घटनाको प्रहरीले गहन अनुसन्धान गरेर तत्काल घटनाको सत्य बाहिर ल्यायउनेमा विश्वास रहेको समेत बताइरहेका छन् ।
मृतक बालकको नजिकैको नातेदारले पनि हत्यानै भएको हुन सक्ने बताइरहेका छन् ।
दोषीलाई कडा कारवाही हुनुपर्ने उनको धारणा छ ।
घटनाको थप विवरण पोष्टमार्टम पछि आउने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन् ।

















प्रतिक्रिया दिनुहोस्