मकवानपुरको हेटौंडा उपमहानगर १६ हटियामा झुण्ड्याईएको अवस्थामा एक १२ वर्षको बालकको शव फेला परेको छ ।
१२ वर्षीय मुस्कान भन्ने सुजन थिङ रहेको र झुण्डाइएको अवस्थामा फेला परेपछि शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।
हटियाको चिसापानी नजिकै बालको हात बधिएर झुण्डीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानियहरुले कक्षा ३ मा अध्यनरत बालकको हत्या गरि रुख मा झुन्डाएको दावी स्थानियहरुको छ ।
सोधपुछका लागी २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
उनका अनुसार घटनाको थप विवरण पोष्टमार्टम पछि आउने छ ।
PIC-Rajan Timalsina FB























प्रतिक्रिया दिनुहोस्