आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको नेताहरुले दावी गरिरहेका छन् ।

मकवानपुरमा नेताहरुको प्रतिस्पर्धामा निर्वाचन रोचक बन्ने देखिएको छ भने जिल्लामा चुनावी सरगर्मी बढेको छ। मकवानपुरका नेताहरु चुनाव जित्ने रणनीतिमा छन् ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र १ मा १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ ।नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना), राप्रपाका नेता दीपकबहादुर सिंह र राप्रपा त्यागेर राप्रपा नेपाल पार्टीका अध्यक्ष बनेका कमल थापा आगामी निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् ।

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपक बहादुर सिंहले पार्टीका पूर्व अध्यक्ष कमल थापाले मुल्य र मान्यता पछि पारेको बताएका छन् ।

सोमबार हेटौंडामा भएको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले यसपाली आफुहरु विजयी भएकम राष्ट्र घाती सन्धि र सम्झौता च्यातेर फालिने च्यालेञ्ज गर्दै सत्तामा पुग्नको लागि राप्रपा नेपालबाट चुनाव लड्न नसक्ने भएरै सुर्य चुनाव चिन्ह लिएर कम्युनिष्ट बनेको कमल थापा माथिआरोप लगाए।

सिंहले आफु जनतासँग जनताकै मुटुसंगको गठबन्धनमा रहेको उल्लेख गरेका छन् ।