महोत्तरी,२५ कार्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका पोषण थापा हाकिमको जागिर छोडेर यतिबेला चुनावी प्रतिस्पर्धामा छन । अहिले थापाको पक्षमा समिकरण थप मजबुत बन्दै गएको छ । थापा यातायात ब्यवस्था कार्यालय बर्दिवासमा लामो समय कार्यालय प्रमुखको रुपमा रहेका थिए । हालै पदबाट राजिनामा दिएर उनले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सोही कार्यालयमा रहदा अस्तब्यस्त कार्यालय सुधारमा समेत उनको कुशल कार्यशैलीनै महत्वपुर्ण रहेको बर्दिवास–८, का संजय घिसिङले बताए । थापा स्वयंमले यस क्षेत्रको अवस्था सुधारकै लागि आफुले उम्मेदवारी दिएको दावी गरे ।आफु बिरुद्ध अनेकन दलिय प्रोपोगाण्डा गरिएको भन्दै यसले आफ्नो अभियानमा कुनै फरक नपर्ने उनको दावी छ । थापा चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवार थापाको १६ वर्ष जागिर अबधी अझै बाँकी हुदाँ पनि हाकिमको पदबाट राजिनामा दिएर ठुलो त्याग गरेको छ, आफुहरुले स्वतन्त्र उम्मेदवार थापाको विकास प्रेमको भावनालाई कदर गरेर उनलाई नै मत दिने भंगाहा–४, का चन्दन महतोले बताए । यस्तै साधुबाद नेता देशलाई चाहिएको छ, हामी यस्ता साधुबाद नेतालाई सहयोग नगरे कसलाई गर्ने स्थानिय महतोले भने । यस क्षेत्रको सर्वाङगिण विकास लागि स्वतन्त्र उम्मेदवार थापा एक मात्र विकल्प भएको महतोले दावी गरे ।
बर्दिबास नगरपालिकाको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन मुख्य भूमिका खेलेका यूवाहरुको समूहनै पोषण थापा जिताउने अभियानमा लागेका यस क्षेत्रका एक युवाले दावी गरे । सोही युवाहरुको सकृयतामा गत स्थानीय तह निर्वाचनमा बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । महोत्तरी क्षेत्र नम्बर १ मा आशन्न प्रतिनिधि सभा निर्वाचनमा पनि गत स्थानीय तहको नतिजा दोहोरिने जानकारहरुको कथन छ । केही समय पहिला दर्जन बढि स्वतन्त्र यूवाहरु कांग्रेसमा फर्किएका समाचारहरु विभिन्न संचारमाध्यममा आएको थियो । यसबाट थापाको समिकरणमा असर पर्ने अनुमान गरिएकोमा गोपाल मोक्तान, सुरेश भट्टराई, बिकास राई लगाएतले आफुहरु स्वतन्त्र रहेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । गौशला–३, का रामभरोसी महतोले स्वतन्त्र उम्मेदवार थापाको पक्षमा पछिल्लो समय माहोल बनेको बताए । जिल्लाका अन्य क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवारको आकर्षण बढ्दै गएको बर्दिवास–१४, का किरण यादवको तर्क छ । यसले अन्य उम्मेदवार माथि थप चुनौती थपिदै गरेको उनले दावी गरे । थापाको कुशल कार्यशैली यस क्षेत्रका आम जनमानसमा लोकप्रिय रहेको समेत स्थानीयको भनाई छ ।
बर्दिवास नगरपालिकाका सबै १४, गौसाला नगरपालिकाका १२ र भंगाहा नगरपालिका क्षेत्र न. १ मा पर्दछन् । स्थानीय निर्वाचनमा कांग्रेस र जसपाले ७ र ७ माओवादी केन्द्रले ६ र एमाले र लोसपाले ३ वडामा जित हासिल गरेको छ। माओवादीबाट लगातार ४ पटक सम्म जित हासिल गरेका गिरिराज मणि पोख्रेललाइ यो पटक चुनाव जित्न तेति सजिलो देखिन्न।दलहरूले गरेका कार्यशैलीले जनताको मत नयाँ अनुहारतिर आकर्षित भएको छ ।