मकवानपुरमा रहेर सञ्चार क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहाकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष समेत रहेका पाण्डे लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।
पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो भने पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो ।
पारिवारीक स्रोतले जनाए अनुसार हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडा स्थित निवासमा पाण्डेको ७५ वर्षमा आज अपरान्ह ५ बजेर ४५ मिनेटमा निधन भएको को छ ।
हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय रहेरआफ्नै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो मध्येको एक ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ ।
मकवानपुरे पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका पाण्डेको निधनले अपुरणीय क्षती पुुगेको छ ।






















प्रतिक्रिया दिनुहोस्