नेपालका रमेश कुमार के.सी. गिनिज वल्र्ड रेकर्डसबाट सम्मनित हुनुभएको छ ।
सर्लाही जिल्लाका ईश्वरपुर नगरपालिका स्थायी घर भएका के.सी.ले क्यालिफोर्निया फिटनेस र योगले आयोजना गरेको सवैभन्दा धेरै मानिस सहभागी भएको लार्जेस्ट वेट लस प्रोग्राममा सहभागी भए बापत छनौट भइ अनलाईन गिनिज वल्र्ड रेकर्डसले सम्मान गरेको हो ।
के.सी.ले बिगतमा योगा कार्यक्रममा लगातार १८ घण्टा सम्भाषण गरेबापत कीर्तिमान कायम समेत गर्नुभएको थियो ।
४० बर्षिय के.सी.ले भियतनामको क्यालिफोर्निया फिटनेस एण्ड योगामा बिगत ५ बर्षदेखि योगा प्रशिक्षकको रुपमा कार्य गर्दै आउनु भएको छ ।





















प्रतिक्रिया दिनुहोस्