आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरु सहित कार्यकर्ताहरुको भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै गठबन्धन दल नेमपा माओबादी केन्द्रको

क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार कुमारी मोक्तानले गठबन्धन दललाई चुनौती दिन र भङ्ग गर्नेहरुको भ्रमलाई चिर्न जरुरी रहेको बताएकी छन् ।

बिपक्ष दल र गठबन्धन दलको मत नै  अग्र स्थानमा रहेको तर, बिना घमण्ड कार्यमा लाग्न आवाश्यक रहेको बताएकी हुन् ।
यस निर्वाचनको नतिजाले संघिय र प्रदेशको सरकार गठबन्धन कै सरकार बन्ने विश्वास रहेको मोक्तानको धारणा छ ।