आगामी मंसिर ४ गतेको चुनावलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी सह महामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) संविधान रक्षाको निम्ती गठबन्धनलाई मतदान गर्न आग्रह गरेकी छन् ।
आइताबार मकवानपुर गढीगाउँपालिकामा गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्
उनले अबस्था प्राप्तीको निम्ती भएको जनआन्दोलनमा दमन गर्नको लागि महत्वपुर्ण भुमिका खेलेको ब्यक्तीलाई मतदान गर्न नहुने बताइन् ।
समग्र बिकासको लागि गठबन्धन बाट आफ्नो उम्मेदवारी रहेको र
बर्तमान ब्यबस्था बिरोधीलाई यही ब्यबस्था रक्षाको निम्ती पनि मतदान गर्न नहुने उपाध्यायको तर्क छ ।
गठबन्धनका साझा उम्मेदवारहरु ५ दलको उम्मेदवार भएकोले चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेकाले साझा उम्मेदवारहरुलाई मतदान गर्न र विजयी गराउनुपर्ने उनको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्