पर्सा । लागुऔषधसहित पर्साबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ बस्ने पारस महतो, भारत विहार जिल्ला मोतिहारी पुर्वी चम्पारण थाना रक्सौल बस्ने कृष्ण पासवान र आषिस पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले हिजो साँझ वीरगञ्ज महानगरपालिका–१७ अलौबाट उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बीआर ०५ एबी ५३१९ नम्बरको मोटरसाईकललाई रोकेर जाँच गर्दा प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाईजेपाम २५० एम्पुल, नुर्फिन २५० एम्पुल, फेनारगन २५० एम्पुल गरी ७५० एम्पुल फेला परेको हुँदा फेला पारेको हो ।

्रहरीले सो लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।