मकवानपुर । प्रहरीले पर्सामा लागुऔषध चरेशसहित मकवानपुरका ३ जनालाई महिलाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षिय कल्पना मोक्तान, सोही स्थान बस्ने ३६ वर्षिय कवितामाया बल र २३ वर्षिय रीता विश्वकर्मा रहेका छन् ।
बुधबार साँझ पर्साको पर्सागढी नगरपालिका–२ बागवाना स्थित सडकखण्डबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकेर जाँच गरेको थियो ।
सोही क्रममा अटोमा उनीहरुको साथबाट प्रहरीले १३ के.जी.८०० ग्राम लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनीहरुलाई सो लागुऔषधसहित पक्राउ गरी लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।























प्रतिक्रिया दिनुहोस्