मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक डा.लोकराज शर्माले विश्व विद्यालय अनुसन्धान आयोगको अनुदानबाट प्राप्त रकमबाट १० प्रतिशत रकम क्याम्पसलाई सहयोग गरेका छन् ।
आइतबार एक समारोहका बीच उनले दश हजार रुपैयाँको चेक क्याम्पस प्रमुख डा.शंकर प्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।
शर्माले विश्व विद्यालय अनुदान आयोग युजिसी को अनुसन्धान कार्यक्रम अन्तरगर्त हालै एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
शर्माले ‘स्नातक तह शिक्षा शास्त्र संकाय अन्र्तगत अध्ययन गर्ने विद्यार्थीको अंग्रेजी सिकाई धारणा’ विषयमा गरे भने अनुसन्धानका लागि आयोगबाट सो रकम प्राप्त भएको छ ।
क्याम्पसलाई १० प्रतिशत रकम हस्तान्तरण गर्ने सम्झौता अनुसार नै उक्त रकम हस्तान्तरण गरिएको हो ।
क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले रकम भए पनि शर्माले अनुकरणीय काम गरेको बताए ।
डा.शर्माका अन्तराष्ट्रिय अनुसन्धान जर्नलमा ६० वटा र राष्ट्रिय जर्नलमा १५ वटाभन्दा बढी लेखहरु प्रकाशित भइसकेको छ भने सानल्याक्स इन्टरनेसनल जर्नलको रिभ्यु बोर्ड मेम्बर पनि छन् ।
यसैगरी मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख यमबहादुर सिलवालले विश्व विद्यालय अनुसन्धान आयोगले संचालन गरेको यस्तो कार्यक्रममा एक लाख रुपैयाँदेखि ढेड करोड रुपैयाँसम्मको अनुदानका कार्यक्रम रहेको बताए ।
जसअनुसार मकवानपुर बहुमुखी क्याम्पसले पनि अनुसन्धान कार्यक्रमका लागि प्रस्ताव पेश गरेको बताए ।
प्राध्यापकहरुलाई उक्त कार्यक्रममा सहभागीको लागि समेत आव्हान गर्ने कार्य भईरहेको सिलवालले जानकारी दिए ।














प्रतिक्रिया दिनुहोस्