Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्न अध्ययन अनुसन्धान गर्न आवश्यक

जिल्लाका ग्रामीण क्षेत्रमा बढी मात्रामा चट्याङबाट मानवीय तथा भौतिक क्षति हुने गरेको भन्दै त्यसको लागि सम्बन्धित निकायबाट यसबाट हुने क्षतिको विषयमा अध्ययन अनुसन्धान गरी न्यूनीकरणको उपाय खोज्न आग्रह गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको परामर्श बैठकमा जिल्लाका खानीखोला, महाभारत, बेथानचोक, चौरीदेउराली र रोशी गाउँपालिकाका अध्यक्षहरुले चट्याङबाट धेरै क्षति हुने भएकाले त्यसको बारेमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गरी न्यूनीकरणको कार्यलाई अगाडि बढाउन प्रक्रिया थालनी गर्न आग्रह गरेको छ । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विज्ञहरुबाट खानीखोला र महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा चट्याङबाट हुने क्षतिको अध्ययन गरेर सहयोग गर्न आग्रह गर्नुभयो । “जति अर्थिङको व्यवस्था गरे पनि त्यसले कुनै पनि खालको न्यूनीकरण नभएकाले त्यस्ता ठाउँबाट बस्ती नै सार्नुपर्ने पो हो कि भन्नेसम्मको अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “यस्ता क्षेत्रमा त्यसको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विज्ञ टोली खानीखोला र महाभारत क्षेत्रमा पुग्ने वातावरण मिलाउनका लागि समितिले पहल गरोस् ।” सो क्रममा उहाँले वित्तीय आयोगले पनि कम जनसङ्ख्या भएकोलाई कम बजेट र बढी जनसङ्ख्या भएको पालिकालाई बढी बजेट पठाउने नीति भएकाले कम जनसङ्ख्या भएको र आन्तरिक स्रोतसमेत कम भएका ग्रामीण दूरदराजका गाउँपालिकामा विपद् न्यूनीकरणको क्षेत्रमा बजेट व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । विपद्को पूर्वतयारीसम्बन्धी बैठकमा औपचारिकरूपमा मात्रै छलफल गर्नेभन्दा पनि गहिरो ढङ्गले छलफल गर्दै ठोस योजना निर्माण गर्ने र सम्बन्धित निकायसम्म त्यसको निराकरणका लागि पहल एवं व्यवस्थापन गर्ने काममा जुट्न उहाँले आग्रह गर्नुभयो । बैठकमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकटका नागरिक विपद्बाट बढी पीडित हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा सङ्घ÷संस्था सहयोगका लागि गाउँको दूरदराजमा भन्दा पनि सहर केन्द्रित हुने गरेको बताउनुभयो । “विपद्को बेलामा सहयोग गर्ने सङ्घ÷संस्था जहाँ बाटो र सुविधा पुग्छ, त्यस्ता ठाउँमा मात्रै जाने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन, सुरक्षा निकायबाट यो ठाउँमा जानै पर्छ भनेर तोकेरै पठाएको अवस्थामा बाहेक सुविधासम्पन्न भएको क्षेत्रमा मात्रै घुम्ने गरेको अनूभूति हामीसँग छ ।” विपद् सबैको साझा विषय भएकाले समाधान गर्न सबैको हातेमालो त्यतिकै आवश्यक रहेको भन्दै उहाँले सम्भव भएका पालिका र सङ्घ÷संस्था र सहयोगी निकायबीचमा समन्वयात्मक कार्य गर्न जरुरी रहेको बताउनुभयो । सो क्रममा उहाँले विपद् व्यवस्थापन समितिको बैठक जिल्लाको सदरमुकाममा बोलाएर मात्रै गर्ने नभएर सबै पालिकामा पालैसँग पुगेर गरेको खण्डमा त्यहाँको भौगोलिक अवस्था पनि थाहा हुने र व्यवस्थापनका लागि सबैले मिलेर सहयोग गर्न सकिने भएकाले सङ्घसंस्थालाई पनि त्यहाँसम्म लैजाने सक्ने आधार खडा गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आफ्नो पालिकाको उच्च भेगका बस्तीमा चट्याङको समस्या भएकाले त्यसको न्यूनीकरणतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । अधिकांश गाउँपालिकामा पानी पर्न थाल्ने बित्तिकै त्रास हुने अवस्था भएकाले त्यसमा सबै मिलेर समस्या समाधान गर्नका लागि आवश्यक रहेको उहाँले बताउनुभयो । मिल्ने विषयमा एकापसमा सहयोग गर्न पाऊँ भन्ने किसिमले सहकार्यका साथ अगाडि बढ्नुपर्ने उहाँहरुको सुझाव थियो । चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले वडा नं २ नाग्रेगगर्चेको दुतीमा रहेको पहिरो बर्सेनि चलिरहेका कारण त्यसबाट विपद्को समस्या भोगिरहनुपरेको अवस्था रहेकाले त्यसको न्यूनीकरण गर्न सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँले चट्याङको समस्या चौरीदेउराली गाउँपालिकामा पनि रहेको भन्दै त्यसका लागि आवश्यक अध्ययन अनुसन्धान गर्ने व्यवस्थातर्फ ध्यान दिन आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले समस्या पर्दा आतिने र कम हुँदै जाँदा बिर्सने संस्कारले गर्दा झन समस्या निम्तिने गरेको बताउनुभयो । हरेक विपद्को व्यवस्थापनका लागि पूर्वतयारीको काममा बेलैमा सचेत भएर सोच्न र त्यहीअनुसारको तयारी गर्न पालिका र विपद् व्यवस्थापन समितिले योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् पूर्वतयारी, विपद् पुनःस्थापना, विपद् प्रतिकार्य र सामाजिक पुनःस्थापना तथा अनुकूलनका कार्य सञ्चालन गर्नका लागि आवश्यकताअनुसार पालिकाको समन्वयमा काम गर्न आग्रह गर्नुभयो । दमकल परिचालनका गर्नका लागि जनशक्ति व्यवस्थापन र परिचालन गर्न आर्थिक व्यवस्थापन समस्या हुने भएकाले त्यसमा नजिकका पालिकाबीचमा समन्वय र सहकार्य गरेर काम गर्न उहाँले सुझाव दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology