Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

निःशुल्क व्यवसायिक सेवा दिन ‘कर्णाली साझा मञ्च’

कर्णालीका व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्न ‘कर्णाली साझा मञ्च’को प्रस्ताव गरिएको छ । क्यान महासङ्घ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष तथा सुर्खेत आइटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सो मञ्चको प्रस्ताव गर्नुभएको हो । कर्णालीका उद्योग तथा व्यापार व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यका साथ मञ्चको अवधारणा ल्याइएको सञ्चालक अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रस्तावित मञ्चको संयोजकको भूमिका युवा व्यवसायी एवं सुर्खेत उद्योग वाणिज्य सङ्घ सुर्खेतका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालाई दिइएको छ । उक्त मञ्चबाट निःशुल्क व्यवसाय सेवा केन्द्र सञ्चालन गर्ने, व्यावसायिक परामर्श, उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, उद्योगी व्यवसायीलाई सीप तथा तालिम, सम्बन्धित सरकारी निकायसँगको समन्वयमा परिवर्तित सरकारी नीति–नियमको जानकारी उपलब्ध गराउनेलगायतका काम गर्ने बताइएको छ । सो अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले मञ्चको अवधारणा नवप्रवद्र्धनात्मक र प्रवद्र्धनात्मक भएको बताउनुभयो । “व्यवसायीको संरक्षणार्थ एवं प्रवद्र्धनार्थ हामीले सुर्खेत व्यवसायी राहत अक्षय कोषको स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “उक्त कोषमा हाल करिब रु ४२ लाख सङ्कलन भएको छ । अब हामी त्यसलाई एक करोड पु¥याउने छौँ ।” व्यावसायिक धर्मप्रति कटिबद्ध भएर उद्योगी व्यवसायीलाई समस्या पर्दा कोषबाट सहयोग हुने अध्यक्ष कँडेलको भनाइ थियो । सङ्घका सदस्य जनक थापाले मञ्चमार्फत गरिने सम्पूर्ण काम निःशुल्क हुने जनाउँदै सुर्खेतलाई नेपालकै उत्कृष्ट उद्योग वाणिज्य सङ्घ बनाउने उद्देश्यका साथ लागिपरेको बताउनुभयो । जन्मदिनको अवसरमा सञ्चालक अधिकारीले रु २१ हजार र सङ्घका अध्यक्ष कँडेलले रु २५ हजार मञ्चको कोषमा सहयोग गर्नुभयो । त्यसैगरी सङ्घका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्य सन्तोष बराइली, अर्जुनजङ्ग शाही, जनक थापा, बुद्ध लामा, निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, पूर्वसदस्य रामप्रसाद जैशी, प्रेम भण्डारी व्यवसायी रणबहादुर खड्का, बालकुष्ण भट्टराई, पोषण खरेल, रेशम शाहीले रकम सहयोग गर्नुभयो । उद्योगी व्यवसायीका समस्यालाई साझारूपमा समाधान गर्न साझा मञ्चको कोषमा हालै रु दुई लाख ४० हजार रकम सङ्कलन भएको सङ्घका कोषाध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सङ्घका महासचिव भद्र भण्डारीले स्वस्थ व्यवसायमार्फत सबै व्यवसायी मिलेर निजी क्षेत्रलाई अब्बल सफल स्थापित गर्नुपर्नेमा जोड दिँदै निःशुल्क व्यवसाय सेवा केन्द्रको सञ्चालनबाट निजी क्षेत्रको उत्थानमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology