राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई विभिन्न आश्वासन देखाएर जनताकै पैसा उठाएर खानेहरुको अब हिसाब गरिने बताएका छन् ।
शुक्रबार हेटौंडामा आयोजित बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन उद्योग कलकारकाखाना बन्द गर्नेदेखि बिभिन्न अनिमियतता भइरहेको उल्लेख गर्दै
१८/१८ वटा मन्त्रि बनाएर करौंडौं खर्चा गर्न सक्ने तर, गरिब जनताकोलागि स्वास्थ्य उपचार समेत गर्न नसक्नेहरुका लागि काम गर्न सकिने बताए ।
नेपाली चोलीको बिदेशमा अस्मिता लुटिदा समेत स्वार्थमा परेर भाग खाएर चुप लाग्ने र बिचल्लीमा परे काहरुको उद्धार समेत नगर्नेहरुको छाला काट्न पनि आफुहरु सरकारमा जान लागेको जिकिर गरे।
अहिले बिभिन्न राजनीतिक दलहरुको काम कार्यकर्ता भर्ती केन्द्र मात्र भएको र मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएमा हरेक गतिबिधीको हिसाब गरिने लामिछानेको भनाई छ।

















प्रतिक्रिया दिनुहोस्