Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

नयाँ सहर योजना मन्त्रिपरिषद्मा

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले राससलाई जानकारी दिनुभयो । शङ्खरापुर नगरपालिका– ९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठ वटा वडाका खाली जग्गामा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ नमूना सहर बनाउने योजना तीन वटै नगरपालिकाले पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ सहर निर्माणको काम भइरहेको छ । यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ सहर निर्माण गर्न लागिएको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ । आयोजनाको अवधारणा प्रस्तुति लगत्तै शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले कृषियोग्य जमिन मासिने भन्दै विरोध जनाएका थिए । जग्गा एकीकरण गर्दा जग्गा धनीको करिब ४५ प्रतिशत जग्गा जाने भएकाले पनि कतिपय स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका थिए । तीनै वटा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडा अध्यक्षलगायत सरोकार भएका समितिको सदस्यका रुपमा रहेको आयोजनाले जनाएको छ । आयोजनाकोबीच भाग भएर बग्ने वाग्मती नदीको हाइड्रोलोजी अध्ययन पनि भइरहेको छ । दसैँअघिसम्म अध्ययन प्रतिवेदन पनि सार्वजनिक हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । आयोजनाको काम विसं २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सुरु गरेका थिए । प्रस्ताव गरेको तीन वर्षसम्म आयोजनाले मूर्तरुप नलिएपछि खाली जग्गा भरिने, जग्गा खण्डीकरण भई अव्यवस्थित सहर निर्माण हुने भन्दै छिटो काम हुनुपर्ने माग स्थानीयवासीले राख्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology