Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

शान्ति बहालीको प्रार्थना गर्दै राष्ट्रपतीय निर्वाचनमा केन्याली मतदाता

देशमा स्थायीरूपमा शान्ति बहाल होस् भन्ने कामनाका साथ प्रार्थना गर्दै केन्यालीहरू राष्ट्रपतीय निर्वाचनमा सहभागी भएका छन् । भ्रष्टाचारमुक्त प्रशासन, आर्थिक उन्नयन र जातीय तनावबाट देशलाई मुक्त गर्ने नेतृत्व चाहेका उनीहरू मतदान गर्न लामबद्ध भएका छन् । गाँजालाई वैधानिकता प्रदान गर्नुपर्ने विषय उठाइरहेका राष्ट्रपति पदका उम्मेद्वार जर्ज वाजाकोया, लोकतान्त्रिक पद्धतिका पक्षधर रैला ओडिङ्गा र राजनीतिसँग बाल्यकालदेखि अभ्यस्त रहेका विलियम रुटोबीच प्रतिस्पर्धा हुँदैछ । इथियोपिया र सोमालियाजस्ता समस्याग्रस्त छिमेकीका कारण बेलाबखत हिंसाको दुश्चक्रमा फसेको केन्यालाई लोकतान्त्रिक प्रणाली भएको मुलुक मानिए पनि केही नेताहरूको दशकौंसम्म सत्तामा रहिरहने लिप्साका कारण विदेशी लगानीकर्ताहरू केन्याको राजनीतिक स्थायित्वलाई अधिक चासो र महत्वका साथ नियालीरहेका छन् । सयौँ मतदाता केही मतदानकेन्द्रमा मतदान सुरु हुनुअगावै लामबद्ध भएका छन् । उनीहरूलाई स्वयंसेवकहरूको सघाइरहेका छन् । केही स्थानमा विद्युतीय मतदान प्रणालीमा उत्पन्न समस्याबारे विवरणहरू सार्वजनिक भएका छन् । केन्याका जनताले लोकतान्त्रिक परिवर्तनको पक्षमा मतमार्फत चर्को स्वरमा बोल्ने उम्मेदवारहरूले बताएका छन् । असमानता, राज्यकोषबाट हुने अनियन्त्रित खर्च, खाद्यान्न र इन्धनको बढ्दो मूल्य, बेरोजगार युवाको जमात, भ्रष्टाचार नियन्त्रण र आर्थिक मुद्दालाई सम्बोधन गर्ने उम्मेदवारहरूका चुनावी प्रतिबद्धताप्रति मतदाता खासै आकर्षित भएका छैनन् । विकल्पविहीन मतदाता निर्वाचनप्रति त्यति उत्साहित छैनन् भने बुढा र अनुभवहीन उम्मेदवारलाई मतदान गर्नु आफ्नो बाध्यता भएको केही मतदाताले बताएका छन् । यद्यपि उनीहरूले शान्तिपूर्णरूपमा मतदान हुने विश्वास गरेका छन् । यो समाचार तयार पारिरहँदा हिंसाका घटना भएका छैनन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम, पाथीभरा मन्दिरको बाटोमा वृक्षारोपण

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology