Rato Samachar
Fri, 13 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ट्राफिकको विशेष जाँच अभियान : दुई सय ६३ चालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा चलाएको विशेष जाँच अभियानअन्तर्गत दुई सय ६३ चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट आज खटिएको ट्राफिक प्रहरी टोलीले ट्राफिक नियमविपरीत सवारी चलाउने दुई सय ६३ चालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको विशेष जाँच अभियानमा पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स पाँचवटा र अन्य सवारीसाधन एक सय ८७ वटालाई कारबाही गरिएको जानकारी दिनुभयो । प्रवक्ता भट्टका अनुसार मदिरा सेवन गरी सवारी साधन चलाउने सात चालकलाई कारबाही गरिएको छ । तीमध्ये दुई जना स्कुल बसका चालक रहेका छन् । कार्यालयका अनुसार सानो भ¥याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरी स्कुलको प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यानका चालक वीरेन्द्र तामाङ र बाँनियाटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्लिस हायर सेकेण्डरी स्कुलको बा २ क ६५७ नम्बरको बस चालक खीमप्रसाद पुनलाई कारबाही गरिएको हो । पक्राउ परेका विद्यालय बसका चालकलाई आवश्यक कारबाही गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रवक्ता भट्टले बताउनुभयो । यस्तै पानी बोक्ने तीन र अन्य दुई सवारी साधनका चालकले मापसे सेवन गरी सवारी चलाएको पाइएको सो कार्यालयले जनाएको छ । ट्राफिक कार्यालयले आजै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ बस तथा माइक्रो बसका चालकलाई कारबाही गरेको छ । प्रवक्ता भट्टका अनुसार रत्नपार्क, स्वयम्भू, सोह्रखुट्टे, बौद्ध, जावलाखेललगायत क्षेत्रको अनुगमनबाट ती चालकलाई कारबाही गरिएको हो । कार्यालयले आरक्षण सिट कार्यान्वयन नगर्ने बसलाई रु तीन हजार जरिवाना लिँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

2

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

3

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

4

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

5

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

6

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

7

बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर मिठुमायाँलाई हस्तान्तरण गर्दै

रातो समाचार संवाददाता
8

राससमा निर्वाचन समाचार सङ्कलनसम्बन्धी अभिमुखीकरण

9

Bagmati Province Assembly’s tenth session concludes

10

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology