Rato Samachar
Sat, 5 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

राजकुमार चाल्र्सको परोपकारी संस्थाले बिन लादेनबाट अनुदान लिएको खुलासा

  • बेलायतका राजकुमार चाल्र्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्बजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् । ‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ । ‘द सन्डे टाइम्स’ले भनेको छ, “‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल–काइदा नेता लादेनका सौतेनी भाइहरू हुन् । उक्त पत्रिकामा भनिएको छ, “संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए।” चाल्र्सको क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ । उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ उक्त पत्रिकाले बताएको छ । उक्त अनुदान संस्थाका तत्कालिन पाँच उच्च अधिकारीहरूको ‘पूर्णतया’ सहमतिमा लिइएको भन्दै यसबारे अन्य सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत भएको कोषका अध्यक्ष इयान चेशायरले बताए । ७३ वर्षीय चार्ल्सले आफ्नो परोपकारी संस्थाको परिचालनबारे एकपछि अर्को दाबीहरूको सामना गर्नुपरेको छ । गत महिना सन्डे टाइम्सको एक रिपोर्टमा उनले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेका उल्लेख गरिएको थियो । लण्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित मानिसहरूले अनुदानको बदलामा एक साउदी अर्बपतिलाई सम्मान र नागरिकता सुरक्षित गर्न मदत गर्ने प्रस्ताव राखेको एउटा छुट्टै आरोपबारे अनुसन्धान गरिरहेको छ । क्लारेन्स हाउसले चाल्र्सलाई त्यस्तो प्रस्तावबारे केही थाहा नभएको बताएको छ । –––
    रासस

    फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनी भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology