Rato Samachar
Wed, 17 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

मध्यअफ्रिकी गणतन्त्रमा हतियारमाथिको प्रतिबन्ध खुकुलो

सुरक्षा परिषद्ले मध्य अफ्रिकी गणतन्त्रमा हतियारमाथि लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । हतियारमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा हुनुपर्नेमा जोड दिँदै आएको सरकारलाई यसले केही राहत दिएको छ । हतियारमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउने पक्षमा शुक्रबार भएको मतदानमा रुस, चीन र परिषद्का तीन अफ्रिकी सदस्यले भाग लिएका थिए । मतपरिणामअनुसार प्रस्तावको पक्षमा १० मत खसेको थियो भने विपक्षमा एक मत पनि परेन । मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्वी बाइपो–टेमोनले परिषद्को कदमको आफ्नो देशले स्वागत गरेको बताउँदै सरकारी सेनाका लागि हतियारका केही वर्गमा गरिएको सीमितताको अब औचित्य नरहेको परिषद्लाई बताइन् । सन् २०१३ देखि लादिएको प्रतिबन्ध प्रभावकारी नरहेको तथा त्यसले अत्याधुनिक हतियार भएका चरमपन्थी र विद्रोहीका गतिविधि र तिनबाट भएका हतियारको प्रसारले उत्पन्न गम्भीर समस्या समाधानलाई सम्बोधन नगर्ने टिप्पणी उनले गरिन् । खनिज पदार्थको अथाह भण्डार रहेको गरिब राष्ट्र मध्यअफ्रिकी गणतन्त्र सन् २०१३ देखि घातक अन्तरसाम्प्रदायिक सङ्घर्षको सामना गरिरहेको छ । मुख्यतया मुस्लिम सेलेका विद्रोहीले सत्ता कब्जा गरेर राष्ट्रपति फ्रान्कोइस बोजिजलाई पदबाट हट्न बाध्य पारेपछि द्वन्द्व बढिरहेको छ । सन् २०१९ को फेब्रुवरीमा सरकार र १४ विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको भए पनि सन् २०२० को डिसेम्बरमा राष्ट्रपतिका लागि बोजिजको उम्मेदवारीलाई संवैधानिक अदालतले अस्वीकार गरेपछि हिंसा पुनः भड्कियो । राष्ट्रपति फस्टिन अर्चेन्ज टौडेराले ५३% मतका साथ दोस्रो कार्यकाल जितेका थिए तर उनले बोजिजसँग सम्बन्ध भएको विद्रोही गठबन्धनको विरोधको सामना गर्नुपरेको छ । सरकारले राजधानीलाई आफ्नो नियन्त्रणमा राखे पनि देशको धेरै भाग सशस्त्र समूहहरूको नियन्त्रणमा छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology