Rato Samachar
Sun, 21 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

भद्रपुर भन्सार कार्यालय : लक्ष्यभन्दा कम राजस्व असुली

भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली भएको जनाएको छ । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले रु ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो । उहाँले कोभिड–१९ का कारण लामो समय नाका बन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताउनुभयो । कार्यालयले भन्सार महसुलवापत रु दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि करवापत रु १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत रु ८५ लाख ७० हजार, कृषि सुधार शुल्कवापत रु एक करोड ३२ लाख ४८ हजार, भन्सारसम्बन्धी अन्य आय रु ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करवापत रु पाँच हजार राजस्व असुली भएको उहाँको भनाइ छ । यस भन्सारबाट सबैभन्दा बढी कपडा, सुर्तीजन्य पदार्थ, माछा र जुत्तालगायतका सामग्री बढी मात्रमा आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । भद्रपुर नाका हुँदै एक वर्षको अवधिमा भारतलगायत तेस्रो मुलुकमा कुनै पनि प्रकारका सामान निर्यात नभएको सूचना अधिकारी मेहताले बताउनुभयो । गत आर्थिक वर्ष २०७७÷७८ समेत यस भन्सारले लक्ष्यको ९० प्रतिशत मात्र राजस्व असुली गरेको थियो । विसं २०७५ साउनबाट छोटी भन्सारबाट मूल भन्सार कार्यालयका रुपमा सञ्चालनमा आएको यस भन्सारको मातहतमा पाँचवटा छोटी भन्सार कार्यालय रहेका छन् । त्यसमा पाठमामारी, पन्थपाडा, घेराबारी, केचना र झापा कमुरखोद छोटी भन्सार रहेका छन् । –––राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology