Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

दुई दशकमा पनि बनेन बसपार्क

दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो । यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातयात सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थालेपछि सो सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसलाई समस्या हुँदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यवसायी खड्कबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले बसपार्क बनाउन किनेको जमिन अलपत्र छ, यातायात व्यवसायीले सडकमै गाडी पार्किङ गर्ने गरेका कारण दिनमा यात्रु र राति नाइट बस सञ्चालनमा समस्या हुँदै आएको छ ।” नगरपालिकाले बसपार्क बनाउनका लागि खरिद गरेको जमिन प्रयोगमा नआउँदा अहिले उक्त जमिन गौचरणमा परिणत भएको छ । विसं २०५२ मा नगरपालिकाले रु एक लाख ९० हजारमा दिपायलका स्थानीयवासीबाट उक्त पाँच रोपनी जमिन रु ३८ हजारका दरले खरिद गरेको थियो । तत्कालीन समयमा नगरपालिकाले बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च गरी चारैतिरबाट उक्त जमिनमा घेरबारसमेत गरेको र पछि साँघुरो हुने भन्दै निर्माण कार्य अगाडि बढ्न नसकेको दिपायल सिलगढी नगरपालिकाका कर्मचारी तेजराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क निर्माणका लागि रु आठ लाख ९० हजार खर्च भयो तर पछि साँघुरो हुने भन्दै काम बन्द भयो, अहिले बसपार्क निर्माणका लागि पहल भए पनि जमिन नपाउँदा काम अगाडि बढ्न सकेको छैन ।” उता दिपायल सिलगढी नगरपालिकाकाका नगरप्रमुख बाजीसिंह खड्काले डोटीमा सवारीसाधन दैनिकरूपमा थपिँदै गएकाले दिपायलमा किनिएको जमिनमा बसपार्क बनाउँदा साँघुरो हुने भएकाले राजपुरमा बसपार्क निर्माणका लागि प्रक्रिया सुरु भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीसाधनको सङ्ख्या दिनहुँ थपिँदै गएको छ, दिपायलमा किनिएको पाँच रोपनी जमिनले नपुग्ने भयो, राजपुरमा नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) भइसकेको छ ।” नगर विकासको जमिनमा बसपार्क निर्माणका लागि डिपिआर गरिए पनि राजपुरमा बसपार्क बनाउँदा सबैलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले नै विरोध गर्न थालेपछि उक्त कार्य पनि अन्योलमा परेको बताइएको छ । हाल नगरपालिकाले दिपायल पिपल्लामा रहेको निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गर्दै आए पनि उक्त बसपार्कमा मुस्किलले १० देखि १२ वटा मात्रै बस अट्ने भएकाले पार्किङका लागि समस्या हुँदै आएको शैलेश्वरी यातयात व्यवसायी प्रालीको कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क साँघुरो छ, विद्युत्, सुरक्षा तथा शौचालयको राम्रो व्यवस्था छैन, गाडी पार्किङ गर्न पनि समस्या भएको छ ।” डोटीको दिपायल दिल्पेश्वर माविस्थित सेती किनारमा रहेको निजी जमिन नगरपालिकाले खरिद गरी बसपार्क सञ्चालन गरे गाडी पार्किङदेखि अन्य यात्रुलाई पनि सहज हुने यहाँका स्थानीयवासीको माग रहेको छ । व्यवस्थित बसपार्क नहुँदा गाडी व्यवसायीले आफ्ना गाडी सडकमै पार्किङ गर्ने गरेका कारण जुनसुकै समयमा पनि यहाँ ठूलो सवारी दुर्घटना हुनसक्ने दिपायल सिलगढी नगरपालिका–४ का पूर्ववडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology