लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन सकिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले हिजो राति १२ बजेदेखि लागु हुने प्रदेशसभाको चालू दशौँ अधिवेशन स्थगित गरेका छन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपदफा (२) बमोजिम बैठक स्थगित गरेका हुन् । प्रदेश सभा सचिवालयले लुम्बिनी प्रदेश सभा कार्यविधि नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम अधिवेशन अन्त्य भएको जानकारी गराउन सदस्यहरुलाई सूचना प्रकाशित गरेको सचिव दुर्भमकुमार पुन मगरले जानकारी दिए । —रासस