Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

कम्प्युटर शिक्षकका लागि बजेट व्यवस्थापन

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठनपाठन गराउन शिक्षक व्यवस्थापन गर्ने भएको छ । आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले १० वटा मावि र दुई वटा कक्षा ८ सम्मको पठनपाठन हुने आधारभूत विद्यालयमा शिक्षक व्यवस्थापन गर्न आर्थिक वर्ष २०७९÷८० मा बजेट विनियोजन गरेको छ । ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका, रितुङ, मुक्तिधाम, महेन्द्र, अमर मावि पाखापानी, अमर मावि चिमखोला, महादेव मावि र दुई वटा आधारभूत विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । “आधारभूत तहका चारमध्ये दुई वटा विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम भएकाले दुई विद्यालयले मात्र कम्प्युटर शिक्षक पाउने भएका छन्,” उहाँले भन्नुभयो “प्रस्तावित माध्यामिक विद्यालयलाई आवश्यकता अनुसार दुई वर्षदेखि गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकसमेत गाउँपालिकाले नै व्यवस्था गरेको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार निमावि तह सरहको सेवा सुविधा पाउने गरी कम्प्युटर शिक्षक व्यवस्था गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु एक करोड १३ लाख ५० हजार बजेट विनियोजन गरेको छ । माध्यमिक कक्षा सञ्चालन भएका तर माध्यामिक तहको शून्य दरबन्दी भएका विद्यालय ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका र रितुङ माध्यामिक विद्यालयमा एक÷एकजना माध्यमिक शिक्षकको व्यवस्थापन गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । रघुगङ्गा, जनसुन्दर, देउराली आधारभूत, ज्ञानोदय माध्यामिक, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत र माझखर्कमा बालविकास सहजकर्ता तथा मुक्तिधाम माध्यामिक विद्यालयमा सहयोगी कर्मचारी व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको चासो कम हुँदै गएको अवस्थामा पालिकाको शिक्षा क्षेत्रलाई प्रविधिमैत्री र व्यवहारिक बनाउन पहिलो प्राथमिकता राखेर अघि बढेको पालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्यापनरत बालविकास सहजकर्ता तथा विद्यालय सहयोगीको तलब भत्ताका सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मासिक तलब रु ८ हजारमा रू सात हजार थप गरी रु १५ हजार पु¥याइएकोमा यसपालि १५ प्रतिशत बढाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology