Rato Samachar
Mon, 22 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

पाँचपोखरीका बाँझो जमिन प्रयोगमा

पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौँदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ । पुरानै शैलीको खेती गर्ने प्रणाली, जङ्गली जनावरको समस्याका कारण बाँझोे रहेका जग्गामा अहिले परिवेश सुहाउँदो बाली लगाउन थालेपछि राम्रो उत्पादन हुन थालेको छ । जसले गर्दा किसान खुसी छन् । देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने सङ्कल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण सङ्कलन तयार गरेको थियो । जग्गा बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न र युवालाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यावसायिक कृषि बाली बस्तुको पहिचान गरी किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिनुभयो । अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानले उपलब्धि हासिल गरेका छन् । यस गाउँपालिकाका मुख्य स्थानीयवासी नगदेबालीमा आलु, किबीफल, अलँैची, चिया, कफी, अदुवा बेसार र तरकारीबाली पर्ने कृषि प्राविधिक सङ्गीता दुलालले बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो । उहाँको दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार÷पाँच वर्षदेखि कृषिमा लाग्नुभएका स्याङ्बोले विभिन्न सङ्घ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैँचाको सझावटसम्म पुगेको बताउनुभयो । “सुरुमा बार बन्देजको सकस भयो बाँसको थाँक्रा बनाए, एक वर्ष पनि टिकेन, त्यसपछि भोताङ पशुपालन किसान समूहलाई जानकारी गराए समूहले गाउँपालिकाबाट किबी खेतीको व्यवस्थापनको लागि सिँचाइ, टि बार र थप बिरुवा पनि सहयोग पाए, कृषि शाखाबाट स्याउँका ५० बिरुवा पाए सबै बिरुवा सरेका छन्”, खुसी हुँदै स्याङ्बोले सुनाउनुभयो । पहिलाको वर्ष भन्दा यसपाली असिना हावाहुरी कम आएकाले किबी फल पनि अत्यधिक फलेको उहाँको भनाइ छ । अन्दाजी १०÷१२ वटा बिरुवाबाट ६०÷७० हजार बराबरको फल बिक्री गर्न सकिने अनुमान उहाँको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology