Rato Samachar
Sat, 24 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

पाँचपोखरीका बाँझो जमिन प्रयोगमा

पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौँदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ । पुरानै शैलीको खेती गर्ने प्रणाली, जङ्गली जनावरको समस्याका कारण बाँझोे रहेका जग्गामा अहिले परिवेश सुहाउँदो बाली लगाउन थालेपछि राम्रो उत्पादन हुन थालेको छ । जसले गर्दा किसान खुसी छन् । देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने सङ्कल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका । स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण सङ्कलन तयार गरेको थियो । जग्गा बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न र युवालाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यावसायिक कृषि बाली बस्तुको पहिचान गरी किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिनुभयो । अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानले उपलब्धि हासिल गरेका छन् । यस गाउँपालिकाका मुख्य स्थानीयवासी नगदेबालीमा आलु, किबीफल, अलँैची, चिया, कफी, अदुवा बेसार र तरकारीबाली पर्ने कृषि प्राविधिक सङ्गीता दुलालले बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो । उहाँको दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार÷पाँच वर्षदेखि कृषिमा लाग्नुभएका स्याङ्बोले विभिन्न सङ्घ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैँचाको सझावटसम्म पुगेको बताउनुभयो । “सुरुमा बार बन्देजको सकस भयो बाँसको थाँक्रा बनाए, एक वर्ष पनि टिकेन, त्यसपछि भोताङ पशुपालन किसान समूहलाई जानकारी गराए समूहले गाउँपालिकाबाट किबी खेतीको व्यवस्थापनको लागि सिँचाइ, टि बार र थप बिरुवा पनि सहयोग पाए, कृषि शाखाबाट स्याउँका ५० बिरुवा पाए सबै बिरुवा सरेका छन्”, खुसी हुँदै स्याङ्बोले सुनाउनुभयो । पहिलाको वर्ष भन्दा यसपाली असिना हावाहुरी कम आएकाले किबी फल पनि अत्यधिक फलेको उहाँको भनाइ छ । अन्दाजी १०÷१२ वटा बिरुवाबाट ६०÷७० हजार बराबरको फल बिक्री गर्न सकिने अनुमान उहाँको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लोकप्रिय

1

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

2

फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै हेटौंडा उपमहानगरमा शान्तिपूर्ण धर्ना, नगर प्रमुख लामाको अनुपस्थिति 

रातो समाचार संवाददाता
3

अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक, सेना अनिर्णीत

4

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

5

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

6

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता
7

काँग्रेसको पार्टी सभापति हुँदै गगनकुमार थापा भोलिको प्रधानमन्त्री बन्ने छन् : “महालक्ष्मी डीना”

रातो समाचार संवाददाता
8

नागस्वती भेट्रान्स फुटबल : आयोज समुह नै विजेता र उपविजेता

9

सिक्रीका लागि हत्या !

10

कर्णाली राजमार्ग अवरुद्धनिरन्तर वर्षाले



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology