जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय पासपोर्ट इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिने बनाएको छ ।

इ–पासपोर्टको लागि अनलाईन फारम भर्नेको भीडभाड बढेको र भर्नेहरुले मनलग्दी रकम लिएको गुनासो आएपछि मकवानपुरको १० वटै स्थानीय तहमा निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिने गरिएको प्रशासनले जनाएको छ ।

भोलि शुक्रबारबाट नै निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिने व्यवस्था गरिएको आज पत्रकार सम्मेलन गर्दै प्रजिअ प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताएका हुन् ।

उनले स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने र जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताएका हुन् ।

ईन्टरनेटको पहुँच हुनेहरु जिल्ला प्रशासन सम्म फारम भर्नकै लागि आउनु नपर्ने र शुक्रबार देखि नै समयमै स्थानीय तहको कार्यालयमा पुगेर फारम भर्न सकिने ‘व्यवस्था गरिएको जानकारी दिए ।

प्रजिअ पाण्डले उनले भने “गएको असार २१ गते जिल्लाको १० वटै स्थानीय तहका मेयर, उपमेयर प्रमुख प्रशासकिय अधिकृत लगायतसंग बैठक बसेर इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने गरेका हौं ।”

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिडभाड बढीरहेको हो भने अनलाईन फारम भनृ आउनेहरुसंग साईबरहरुले मनलाग्दी पैसा लिएर फारम भरिरहेका थिए ।