योङ्ग कम्युनिष्ट लिग, नेपाल जिल्ला समिति मकवानपुरका युवाहरुले मकवानपुरमा राष्ट्रिय परीचय पत्र र राहदानी बनाउन सहज व्यवस्थाको माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

आम जनतालाई दुःख सास्ती दिइरहेको सेवा ग्राहीको गुनासोलाई मध्यनजर गर्दै प्रमुख जिल्लाअधिकारी भरत मणि पाण्डे समक्ष ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले यस विषयलाई चाँडै नै अनलाईन मार्फत वा अरू कुनै माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाए ।

 

 

ज्ञापन पत्र

 

श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मकवानपुर ।
बिषयः ज्ञापन पत्र सम्बन्धमा।
प्रस्तुत विषयमा हाम्रो गौरवशाली संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (Y.C.L. Nepal) विधिको शासन, सविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् सामाजिक रूपान्तरणको निमित्त लड्दै आईरहेको संगठन हो । हाल यस जिल्ला प्रशासन कार्यलयबाट दिइँदै आएको सेवा-सुविधा विशेष गरी राष्ट्रिय परिचय-पत्र र राहदानी बनाउनको लागि जिल्लाका विकट दुर्गम भेगबाट आई होटलमा बसी आर्थिक तथा शारिरिक कष्ट भोगे पश्चात पनि यस कार्यलयबाट दिईने सेवा समेत झंझटिलो र कठिनाईपूर्ण भएको आम सेवाग्राहीहरूको गुनासो रहेकोले छिटो छरितो सेवा प्रदान गर्नको निमित्त आवश्यक जनशक्ति थप गरी सेवा उपलब्ध गराई दिनुहुन अनुरोधका साथ हाम्रो संगठन जोडदार माग गर्दछ । हाल यस कार्यलयबाट मात्रै भरिदै आएको राष्ट्रिय परिचय-पत्र जिल्लाभरिका स्थानिय निकायबाट भर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दछ । साथै प्रदेश निर्वाचन कार्यलय मकवानपुरबाट मात्रै संकलन एवम् दर्ता गरिँदै आएको पुराना एवम् छुटेका मतदाता नामावली दर्ता प्रक्रिया सहज बनाउनको निमित्त आवश्यक जनशक्ति उपलब्ध गराई स्थानिय निकायबाटै नामावली दर्ता कार्य हुने ब्यवस्था मिलाउन पनि हाम्रो संगठन यस कार्यलयको ध्यानाकर्षण गराउँदछ ।