हेटौंडा अस्पतलका मेसु डाक्टर रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टर माथी भएको आक्रमण शैलीको घटना निन्दनीय रहेको बताएका छन् ।
अस्पताल प्रशासनको बेवास्ता भएकाले अस्पतालको बेथिति बढ्दै गयो भन्दै सेवालाई सहज बनाउन भन्दै युवाहरुले गरेको व्यवहारले असर गरेको बताएका हुन् ।
हेटौंडा अस्पतालमा बेथिती बिरुद्ध भन्दै युवाहरुले बिभिन्न आरोप लगउदै घेराउ गरेर केरकार गर्दै मेसु डाक्टर सापकोटा माथि खनिएका थिए ।

कुनै पार्टीको नभएर आम नागरिकको हैसियतले बेथितिको बिरुद्धमा हामी लड्छौं काम गर्ने समयमा किन बाहिर भन्दै डा.रविराज देबकोटालाई पनि घेराउ गरेर युवाहरुले आक्रोस पोखेका थिए ।

हेटौंडा अस्पतालमा सास्ती भन्दै प्रशासन विरुद्ध खनिए युवाहरु

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा  बोल्दै अस्पताल व्यवस्थापन पक्षले गरेको कमीकमजोरी सुधार्ने र सडकमा बसेर होइन कार्यलयमा बसेर क्षलफल गर्न आग्रह गरेतापनि सेवाग्राहीले पाएको असुविधा भन्दै  आक्रमण शैलीमा प्रस्तुत हुनु निन्दनिय रहेको बताएका हुन्।

कर्मचारीको अभाव र आवश्यक प्रविधि नभएकोले अस्पतालमा उपचार गराउन आउनेहरुलाई केही कठिन भएको स्वीकार गर्दै डाक्टर माथीको आक्रमण शैलीले काम गर्ने स्वास्थ्यकर्मी डा. अस्पताल कर्मचारीको मनोबल खस्कने धारणा सुनाए ।

उनले ५० वेडको स्विकृती प्राप्त अस्पतालमा पनि अस्पतालमा १सय १० वेडको सेवा प्रदान गरिरहेको र सेवा थप गरिएका कारण विरामीको चाप समेत बढेकोले विरामीले सेवा लिन केही समस्या रहेकै समयमा गलत तरिकाले प्रस्तुत भएको भन्दै दुःख व्यक्त गरे ।

 

उनले भने “हामीले आइसियु सेवा संगै १२ जनाको लागि डाइलेसीस सेवा प्रदान गर्दै आइरहेका छौं । विगतमा केही डाक्टरहरुको मात्रै सेवा पाईरहेको जिल्लामा २५ जना डाक्टरहरुले सेवा दिनुभएको छ भने सेवाग्राहीहरुको बढेको अवस्था छ । नयाँ भवन सञ्चालनमा आएपछि सिटीस्क्यान र एम.आर.आई .सेवा पनि सञ्चालनको तयारीमा छौं । भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्ण रुपमा संचालन गर्न कठिन भएकाले गर्दा भद्रगोल जस्तो देखिएको हो । तर हमीले काम गर्दागर्दै पनि हामीलाई यस्तो व्यवहार भएपछि हामीले के भन्ने? कोरोनाको उपचार बापत ३ करोड र स्वास्थ्य बीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड रुपैयाँ लिन बाँकी नै छ । आर्थिक रुपमा समेत समस्या परिरहेको छ । तर, पनि हामीले सेवा दिइरहेका छौं ।”

अस्पताल बिकास समतिका अध्यक्ष राजेश प्रसाईले भने “समयमा सेवा प्रदान गर्न कर्मचारी, चिकित्सक र प्रविधिको अभाव छ । हामी यस समस्याको समाधान छिट्टै गर्छौं ।