बैतडी । बैतडी र डोटी जिल्ला जोड्ने बैतडीको सिगास गाउँपालिका ५ ढुंगाड स्थित झोलुंगे पुल खोल्ने कार्य सुरु भएको छ । गत ३ कार्तिक २०७८ मा आएको बाढीले पुल भत्काउदा नदिमै अल्झिएको थियो । पुल भत्किएर नदिमा अल्झिँदा गाउँमा बाढी पस्ने जोखिम भएकाले पुल झिक्न लागिएको सिगास गाउँपालिका वडा न. ५का वडाअध्यक्ष राजेन्द्र चन्दले बताए ।
उक्त पुलबाट अहिले पनि सर्वसाधारण आहोर दोहोर गरिरहेकाले दुर्घटनाको जोखिम बढेको छ । स्थानिय सरकारको पहलमा सेति नदिमा अल्झीएको पुल खोल्ने कार्य सुरु गरिएको िवडाअध्यक्ष चन्दले बताए । उक्त पुलका सामानहरु अहिले निकालेपछि तत्कालै नयाँ पुल बनाउनु पर्ने उनको भनाई छ ।
बैतडी र डोटी जोड्ने उक्त पुल भत्किदाँ विद्यार्थी र स्थानियबासीलाई आवतजावतमा निकै सास्ती भएको छ । बैतडीको ढुंगाडमा रहेको सारदा मावी र डोटीको आर्दशमा रहेको भगवती माविमा दुवै ठाउँका विद्यार्थीहरु यहि पुल तरेर पढ्न जाने गर्दछन् ।
उक्त पुल भएर खसीबाख्राको विक्रि गर्न जाने किसानहरुलाई समस्या भएको छ भने, दैनिक उपभोग्य बस्तु खरिद गर्न र डोटीको आर्दश बासीलाई गाडी भएको ठाउँ सम्म पुग्न समस्या भएको छ । उक्त पुल नहुदाँ वारीपारी जानकै लागि समेत दिनभरी हिडेर डडेल्धुराको बाटो यात्रा गर्नुपर्ने बाध्यता छ ।
ढुंगाड स्थित सेतिनदिमा पुल निर्माणका लागि स्थानियबासीले प्रदेश सरकार समक्ष माग गरेका छन् । बर्षातका बेला ढुंगाडमा ठुलो बाढी जादाँ स्थानियबासी ३ दिन सम्म टापुमा थुनिएका थिए भने, ३ सय बढी रोपनी जमिन बगरमा परिणत भएको थियो । उक्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री सेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त्यहाँ पुगेका थिए । सरकारबाट ढुंगाडबासीले समस्या समाधान गर्ने आश्वासन पाए पनि अहिले सम्म केहि काम सुरु भएको छैन् । बाढी प्रभावित ढुंगाडबासीले सेति नदिमा परिपक्क तटबन्ध वा बस्ती स्थानान्तरणको माग गरेका छन् ।
राधानी दैनीकबाट साभार गरिएकोछ ।


















प्रतिक्रिया दिनुहोस्